दफा ११
ध्वनिअङ्कनको प्रयोग बापत मनासिब माफिकको पारिश्रमिक पाउने
: (१) व्यापारिक प्रयोजनको लागि प्रकाशन भएको कुनै ध्वनिअङ्कन वा त्यस्तो ध्वनिअङ्कनको पुनरुत्पादित प्रतिलिपिलाई प्रसारण वा अन्य सञ्चारको लागि सोझै प्रयोग गरी सार्वजनिक रुपमा जनसमक्ष प्रस्तुत गरिएको भए सो बापत मनासिब माफिकको पारिश्रमिकको रकम उत्पादकले प्रयोगकर्ताबाट भुक्तानी पाउनेछ ।
(२) उपदफा (१) बमोजिमको पारिश्रमिक प्राप्त गर्ने सम्बन्धमा प्रस्तोता र उत्पादक बीच सम्झौता भएकोमा सोही बमोजिम र सम्झौता नभएको अवस्थामा उत्पादकले प्राप्त गरेको आधा रकम प्रस्तोताले पाउनेछ ।
(३) उपदफा (१) बमोजिम मनासिब माफिकको पारिश्रमिक रकम पाउने अधिकार त्यस्तो ध्वनिअङ्कन प्रकाशन भएको वा ध्वनिअङ्कन समायोजन भएको वर्षबाट पचास वर्षसम्म कायम रहनेछ ।